ट्रेण्डिङ

होमपेज / समाज

सल्यानको त्रिवेणी गाउँपालिकामा किसान सूचीकरण कार्यक्रमको समीक्षा तथा अभिमुखीकरण

  सल्यान खबर डेस्क २०७९ असार ९ गते बिहीबार १६:०९:३४ मा प्रकाशित

असार ९,सल्यान

जिल्लाको त्रिवेणी गाउँपालिकाले किसान सूचीकरण कार्यक्रमको समीक्षा तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाले नवनिर्वाचित जनप्रतिनिधिहरूको लागी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो  । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषकलाई कृषक हुनुको पहिचान प्रदान गर्न, तिनै तहका सरकारका लागी कृषि सम्बन्धी योजना, कार्यक्रम तथा नीति निर्माण गर्न तथा कृषकहरूले प्राप्त गर्ने सुविधाहरूको दोहोरोपना न्यूनीकरण गर्नका लागी किसान सूचीकरण राष्ट्रिय अभियानको सुरुवात गरेको छ ।

 कार्यक्रममा त्रिवेणीका अध्यक्ष खिम बहादुर रावत, उपाध्यक्ष सिता खड्का पुन तथा ६ वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यहरूको उपस्थिति रहेको थियो । गाउँपालिकाले गत आ.व. देखि जिल्लामै पहिलो पटक किसान सूचीकरणको कार्यक्रम सुरु गरेको थियो । अहिलेसम्म पालिकाले २ हजार ३ सय ४३ जनाको विवरण वेबसाइटमा प्रविष्ट गरिसकेको छ । कार्यक्रमको सञ्चालन तथा कार्यक्रमको बारेमा पशु सेवा शाखा प्रमुख वसन्त रावतले  प्रस्ट गर्नुभएको थियो । किसान सूचीकरण पश्चात् पालिकाले किसान परिचयपत्र वितरण कार्यक्रम गर्ने जानकारी दिनुभयो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top