ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

  सल्यान खबर डेस्क २०७९ असार ६ गते सोमबार १८:४१:२५ मा प्रकाशित

असार ६,सल्यान 
  सल्यानमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मोटरसाइकलको पछाडी सवार जिल्लाको छत्रेश्वरी गाउँपालिका २ दहखोलाका ६० वर्षीय टुल्क बहादुर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

आइतबार दिउँसो छत्रेश्वरी गाउँपालिका २ लाखुरीबोटमा रा २ प ४५९२ नम्बरको मोटरसाइकलबाट लडेर गम्भीर घाइते खत्रीको आज दिउँसो मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिए ।

 अनियन्त्रित भएको मोटरसाइकल सडकबाट झन्डै २ मिटर तल खसेको छ । मोटरसाइकल चालक शोही ठाउँका डिल्ली वली नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top