ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा जिप दुर्घटनामा ६ जना घाइते, एकको अवस्था गम्भिर

अपडेट

  सल्यान खबर डेस्क २०७९ असार ५ गते आइतबार ०६:४३:१० मा प्रकाशित

असार ५ ,सल्यान 
सल्यानको बनगाड कुपिण्डे नगरपालिका ४ देउलीमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ४ देउलीबाट शोही वडाको डोप्के जाँदै गरेको जन्ती बोकेको भे १ ज १०२१ नम्बरको जिप गएराती दुर्घटनामा परेको हो । 

दुर्घटनामा परी बनगाड कुपिण्डे नगरपालिका ४  देउलीका ३२ वर्षीय मोतिलाल बुढाा, ५७ वर्षीय मने बुढा, ६९ वर्षीय सहदेव बुढा, ५० वर्षीय चित्र बहादुर बुढा, १० वर्षीया हरिमाया बुढाथोकी र १५ वर्षीय गोपाल बुढा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । घाइते सबैको सल्लीबजारमा उपचार भइरहेको र मोतिलाल बुढाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले जानकार दिनु भयो ।

 जिप एक्कासी अनियन्त्रित भई सडकमा पल्टिएको र जिप चालक फरार रहेको उहाँको भनाई छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top