होमपेज / समाज
जेठ २३,सल्यान
पानीको स्रोत नजिक नहुँदा छत्रेश्वरी गाउँपालिका १ चिन्नेखर्कका बासिन्दा आधा घण्टाको बाटोमा हिँडेर पानी ल्याउन बाध्य छन् । चिन्नेखर्कका एक दर्जन परिवारको दैनिकी पानी बोक्दैमा बित्ने गरेको छ ।
बस्ती नजिक पानीको मुहान नहुँदा स्थानीयलाई पिउने पानीकै लागि दैनिक आधा घण्टा भन्दा बढी समय खर्चिनु परेको छ । खानेपानी नजिकै नहुँदा दैनिक जीवनयापनमा समेत प्रत्यक्ष असर पर्दै आइरहेको स्थानीय निरु खड्काले बताइन । गनेखोली र डिमुरे खोलाबाट पानी ल्याउदै आइरहेको उहाँको भनाई छ । प्रयाप्त मात्रामा पानी नहुँदा दैनिक सरसफाई देखि लिएर समयको समेत कटौती भइरहेको खड्काको भनाई छ ।
वषैंदेखि खानेपानी समस्या झेल्दै आएको कल्पना बुढाले गुनासो गर्नु भयो । वर्षायाम बाहेक अन्य समयमा खानेपानीको जोहो गर्न सास्ती भोग्दै आएको उहाँको भनाइ छ । ‘वर्षायाममा आकाशेपानी उपभोग गर्छौं,’ उहाँले भन्नु भयो ‘अरू समय सधैं पानीको पिरलो हुन्छ ।’





.jpg)