ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा लिलाम नहुँदा लाखौँ मूल्य बराबरको काठ कुहिँदै

  सल्यान खबर डेस्क २०७९ जेठ २३ गते सोमबार १५:२८:०७ मा प्रकाशित

सल्यान : जिल्लाका विभिन्न स्थानबाट बरामद गरिएका  लाखौँ मूल्य पर्ने काठ लिलाम नहुँँदा​ कुहिन थालेका छन्। चोरी तस्करीबाट बरामद गरिएका काठ लिलाम नहुँदा डिभिजन वन कार्यालय र त्यस मातहत रहेका सव डिभिजन कार्यालयमा कुहिन थालेका हुन्।

जिल्लामा अहिले मुद्दा फैसला भइसकेको ५ सय क्युफिट र फैसला हुँन बाँकी ३ सय क्युफिट गरी ८ सय क्युफिट काठ रहेको डिभिजन वन कार्यालय सल्यान मुद्दा शाखाका विजय मुलामीले जानकारी दिए। काठ तस्करी मुद्दामा पक्राउ परेको काठ, फायर लाइनमा ढलेर अवरुद्ध गरेका रुखहरु काटेर नजिकको कार्यालयमा राख्ने गरेको उनको भनाई छ।

लिलामका लागि पटक पटक सूचना जारी गर्दा पनि कुनै निकायले निवेदन नदिएको पुलामीको भनाई छ। उनले भने मुद्दा चलिरहेको अवस्थामा त्यसको किनारा नलागुन्जेल केही गर्न मिल्दैन। मुद्दा किनारा लागिसक्दा काठ पनि कुहिसकेको हुन्छ।

लिलाम गर्दा काठको गुणस्तर धेरै खस्किसकेको हुँदा कुनै निकायले खरिद गर्न इच्छा व्यक्त नगर्ने गरेको पुलामीले बताए। जिल्लामा आर्थिक वर्ष २०७२/०७३ देखि काठ लिलाम हुन नसकेको कार्यालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top