ट्रेण्डिङ

होमपेज / समाज

शिव जन मा.वि.मा र्‍याली सहित वृक्ष रोपण 

  सल्यान खबर डेस्क २०७९ जेठ २३ गते सोमबार ०८:१४:३० मा प्रकाशित

सल्यान, जेठ २३  । 

विश्व वातावरण दिवस सल्यानमा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।  वातावरण दिवसका अवसरमा शिव जन माध्यमिक विद्यालय शितलपाटी सल्यानले एक कार्यक्रम गरी दिवस मनाएको छ । विद्यालय हाता भित्र वृक्ष रोपण  गर्नुका साथै  वातावरण सम्बन्धी  निबन्ध प्रतियोगिता गरी दिवस मनाइएको हो । 

दिवसका अवसरमा आयोजित कार्यक्रममा डिभिजन वन कार्यालय सल्यानका प्रमुख रमेश गिरीले  प्राकृतिक स्रोत साधनको जनभावी उपयोग गर्दा वातावरणमा असन्तुलित बन्दै गएको बत्ताउनुभयो । उहाँका मानवीय क्रियाकलाप वातावरणमैत्री नहुँदा जैविक विविधता असर देखिन थालेको छ ।  यहाँ जल तथा थल क्षेत्रमा पाइने विभिन्न जीव जन्तु र वनस्पति हराउँदै जान थालेका छन् ।  

आशा परियोजना सल्यानका टोपेन्द्र गिरीले समुदाय स्तर बाटै वन वातावरण संरक्षण गर्न ध्यान दिनु पर्ने बत्ताउनुभयो । 

सिप्रेड कार्यक्रममा सल्यान जिल्ला कोडिनेटर धर्म बोहराले  वातावरणमा प्राप्त हुने स्रोत साधनको दिगो उपयोग गर्न संरक्षणका कार्यक्रममा ध्यान दिनु पर्ने बताउनुभयो ।

शिव जन माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष राजेश विकले  विद्यालय स्तरमै वातावरण संरक्षणका लागि सचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिएर अघि बढाउनु पर्ने आवश्यकता औँल्याउनु भयो । 

विद्यालयका प्रधानाध्यापक हिरालाल नेपालीले दिवसको अवसरमा पारी विद्यालयमा हातामा वृक्ष रोपण  गरिएको बत्ताउनुभयो । 

कार्यक्रममा वातावरणमा जलवायुको चुनौति विषयक निबन्ध प्रतियोगितामा विजयी विद्यार्थीलाई पुरस्कार सहित प्रमाण पत्र वितरण गरिएको छ । प्रतियोगितामा आशिश बुढाथोकी प्रथम, कमला शाह द्धितिय र प्रेम बहादुर बुढाथोकी तृतीय भएका छन् । 

विद्यार्थीको तर्फबाट लोकेन्द्र वली, रोशन बुढाथोकी, प्रेम बुढाथोकी, भूमा बस्नेत ले वातावरण र मानवीय क्रियाकलापले पारेका असर बारे चर्चा गर्नु भएको थियो ।

शिव जन माध्यमिक विद्यालयमा अध्ययनरत वन ,कृषि प्राविधिक धारका विद्यार्थीले दिवसको अवसर पारी  श्रीनगर बजारमा र्‍याली समेत गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक सेर जङ्ग शाहले गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top