होमपेज / समाज
जेठ २१,सल्यान
सल्यानको कपुरकोट – दाङ्ग सडकखण्डमा टिप्पर सञ्चालनमा रोक लगाइएको छ । कपुरकोट गाउँपालिकाको कार्यपालिका बैठ्कले नै सिमेन्ट उद्योगमा ढुंगा ओसारपसार गर्ने टिप्पर सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।
रोल्पा सिमेन्ट प्रा.लि का अत्याधिक भारवहन सहित टिप्पर गुड्दा नागरिकको स्वास्थ्य र सडकखण्ड जीर्ण बनेको भन्दै गाउँपालिकाले टिप्पर सञ्चालनमा रोक लगाएको हो ।
स्थानीयको मागलाई मध्यनजर गर्दै अत्याधिक भारबहन सहित गुड्ने टिप्पर सञ्चालनमा रोक लगाइएको कपुरकोट गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले बताउनु भयो । नागरिकको जिउधन र प्राकृतिक दोहनलालाई रोक्न टिप्पर सञ्चालनमा रोक लगाइएको उहाँको भनाई छ ।
अत्याधिक भारबहनका टिप्परले सडक र्जीण बनाएको तथा मानविय क्षति समेत भइरहेको भन्दै स्थानीयले पटक पटक टिप्पर रोक्न माग गर्दै विरोध गर्दै आइरहेका थिए ।





.jpg)