ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा दुई दिनदेखि वेपत्ता महिला मृत फेला

  सल्यान खबर डेस्क २०७९ जेठ २० गते शुक्रबार ११:१७:०१ मा प्रकाशित

जेठ २० ,सल्यान 
सल्यानमा दुई दिन देखि बेपत्ता महिला मृत अबस्थामा फेला परेकी छन् । जिल्लाको कालिमाटी गाउँपालिका २ तिखेतराकी ६२ वर्षीया डम्बरी कुँवरको शव शारदा नदिमा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

१७ गते बिहान ८ बजे  हेराउन जान्छु भन्दै घरबाट गएपछि परिवारसँग  सम्पर्क बिहिन  भएकी थिइन ।  परिवारले खोजिकार्य गर्नेक्रममा  आफ्नै छोराले बिहीबार दिउँसो सोहिी ठाउँमा पर्ने शारदा नदीको बिचमा शव अड्किएको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक सन्तोष खनालले बताउनु भयो । 
शवको तुलसीपुर दाङमा पोष्टमार्टमपछि परिवारको जिम्मा लगाएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top