ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा अवैध सालको काठ सहित ट्याक्टर प्रहरी नियन्त्रणमा

  सल्यान खबर डेस्क २०७९ जेठ १५ गते आइतबार ११:०६:३९ मा प्रकाशित

जेठ १५,सल्यान 
सल्यानको कालिमाटी गाउँपालिका ४  जमुन्ताराबाट प्रहरीले अवैध सालको काठ सहित ट्याक्टर नियन्त्रणमा लिएको छ । जमुन्ताराबाट टटाला भन्ने स्थानमा अवैध काठ लिदै गरेको सूचना पाएपछि प्रहरीले चेकजाँच गर्ने क्रममा रा १ त ३४९६ नम्बरको ट्याक्टर सहित काठ बरामद गरेको हो । 

ट्याक्टरमा अवैध रुपमा रहेको चिरान ४९ थान (कडि २६, पटरा २३) गरी ३५ दशमलव २५ क्यु फिट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिए । 

अवैध काठ ओसार परेको गर्ने सल्यान कालिमाटी गाउँपालिका ५ दमदुवालीका ट्रयाक्टर चालक ३० वर्षीय अर्जुन गाहा मगर नियन्त्रणमा लिइएको उनको भनाई छ । 
बरामद गरिएको काठ, ट्याक्टर र ट्याक्टर चालकलाई कालिमाटी सब डिभिजन वन कार्यालयलाई बुझाइएको खड्को भनाई छ । 


 

प्रतिक्रिया

सम्बन्धित खवर

Top