ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा नुहाउने क्रममा पानीमा डुवेर मृत्यु

  सल्यान खबर डेस्क २०७९ जेठ १४ गते शनिबार १९:५६:३० मा प्रकाशित

जेठ १४,सल्यान 
सल्यानमा नुहाउन गएका पुरुषको पानीमा डुबेर मृत्यु भएको छ । जिल्लाको शारदा नगरपालिका १४ च्याउखोलाका अन्दाजी ३७ वर्षीय बहादुर शाहीको सिद्ध कुमाख गाउँपालिका ३ ढोरचौर स्थित शारदा नदीमा नुहाउने क्रममा खाल्डोमा डुबेर मृत्यु भएको हो । 

स्थानीयको मलामी गएका उनको नुहाउने क्रममा खाल्डोमा परी धेरै पानी खाएको र उपचारको क्रममा सल्यान जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिए । शव पोष्ट मार्टमका लागि अस्पतालमा नै राखिएको उनको भनाई छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top