ट्रेण्डिङ

होमपेज / समाज

सल्यानको फलावाङमा एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न

  सल्यान खबर डेस्क २०७९ जेठ ११ गते बुधबार १८:०९:५५ मा प्रकाशित

जेठ ११,सल्यान 
सल्यानको त्रिवेणी गाउँपालिका ४ फलावाङमा एक दिने निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानको आयोजना र त्रिवेणी गाउँपालिकाको समन्वयमा एक दिने पशु स्वास्थ्य शिविर सम्पन्न भएको हो । 

उक्त शिविरमा बाख्रा, कुखुरा,भैसीलाई निःशुल्क उपचार गरिनुका साथै औषधी समेत वितरण गरिएको छ । शिविरमा १ ७५ कृषकका १९८० बाख्रा, १)३० कुखुरा, १५० भैसीलाई निःशुल्क औषधी वितरण गरिएको त्रिवेणी गाउँपालिकाका पशु सेवा शाखा प्रमुख वसन्त रावतले जानकारी दिए । शिविरमा विशेषज्ञ सेवा सहित उपचार, बाख्रामा डिपिङ्ग ड्रेचिङ, पशु बन्ध्याकरण, निशूलक रेविज विरुद्धको खोप सेवा प्रदान गरिएको उनको भनाई छ ।

२७ कुकुरमा निशुल्क रेविज विरुद्धको खोप लगाइएको रावतले बताए । त्रिवेणी गाउँपालिकाका नव निर्वाचित अध्यक्ष खिम बहादुर रावतले पहिलो सेवाग्राहीलाई औषधी प्रदान गरेर शिविरको उद्घाटन गरेका थिए । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top