ट्रेण्डिङ

होमपेज / समाज

भीरबाट लडेर सल्यानमा वृद्धको मृत्यु

  सल्यान खबर डेस्क २०७९ जेठ ८ गते आइतबार ०९:०२:१८ मा प्रकाशित

जेठ ८,सल्यान 
भीरबाट लडेर सल्यानमा वृद्धको मृत्यु भएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ९ जैतपानीका ७४ वर्षीय कल्चे डाँगीको गाउँ नजिकै रहेको भाँक्रेबारीमा भीरबाट लडेर मृत्यु भएको हो ।

 शनिबार बाख्रा चराउन गएका वृद्ध डाँगी दिउँसो लडेर घाइते भएका थिए । घाइतेको सल्यान जिल्ला अस्पतालमा सामान्य उपचार पछि कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको थियो । 

डाँगीको उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिए । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top