होमपेज / समाज
जेठ ७,सल्यान
स्थानीयले बन्द गरेको कपुरकोट–तुलसिपुर सडकखण्ड शनिबार बेलुकीबाट खुलेको छ । टिप्परको ठक्करबाट सल्यान कपुरकोटका एक युवकको मृत्यु भएपछि स्थानीयले शनिबार बिहान देखि राप्ती राजमार्ग अन्तर्गत कपुरकोट तुलसीपुर सडकखण्ड अवरुद्ध गरेका थिए ।
टिप्पर सञ्चालन गर्ने घोराही सिमेन्टका जिम्मेवार व्यक्तिहरु सम्पर्कमा आएपछि सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिइएको तर पिडितको माग सम्बोधन नभएसम्म टिप्पर चल्न नदिइने बन्दकर्ताहरुले जनाएका छन् ।
दाङको तुलसिपुरमा प्रशासनको समन्वयमा पिडित पक्ष र सिमेन्ट प्रालि विच छलफल चलिरहेको बताइएको छ । सिमेन्ट प्रालिका पब्लीक रिलेसन म्यानेजर अमर सुवेदी लगाएत संग छलफल चलिरहेको पिडित पक्षको तर्फबाट छलफलमा सहभागी रुपक बुढाले जानकारी दिए ।
घटना भएको तीन दिनसम्म पनि घोराही सिमेन्ट कम्पनी र जलजला यातायात प्रालिका जिम्मेवार व्यक्ति सम्पर्कमा नआएको भन्दै कपुरकोटमा क्रियाशिल राजनितीक दलहरुले विज्ञप्ती जारी गर्दै शनिबार विहान १० बजेदेखी सडक अबरुद्ध गरेका थिए ।
दाङको तुलसीपुर ४ हर्नेटीमा बिहिबार साँझ ६ बजेतिर टिप्परको ठक्करबाट गम्भिर घाइते कपुरकोट गाउँपालिका वडा नम्बर –३ का १८ वर्षीय आकाश सेनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा निधन भएको थियो । बिहिबार साँझ कपुरकोटबाट तुलसीपुरतर्फ जादै गर्दा रा १ प ३१७९ नम्बर मोटरसाइकलमा सवार सेनलाई रा १ ख ११२३ नम्बरको ट्रिपरले ओभरटेक गर्ने क्रममा तुलसीपुर ४ हर्नेटीमा ठक्कर दिएको थियो ।





.jpg)