ट्रेण्डिङ

होमपेज / समाज

सल्यान कपुरकोट –तुलसीपुर सडक अवरुद्ध

  सल्यान खबर डेस्क २०७९ जेठ ७ गते शनिबार १०:५५:११ मा प्रकाशित

जेठ ७,सल्यान

टिप्परको ठक्करबाट एक युवकको निधन भएपछि मृतकका आफन्त र सल्यानको कपुरकोटमा क्रियाशिल दलहरुले राप्ती राजमार्ग अन्तरगर्त कपुरकोट –तुलसीपुर सडकखण्ड बन्द गरेका छन् ।

क्रियाशिल चार राजनीतिक दल नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीले संयुक्तरुपमा विज्ञप्ती जारी गरी शनिबार बिहान १० बजदेखि राप्ती राजमार्ग अन्तर्गत कपुरकोट–तुलसीपुर सडक खण्ड बन्द गरिएको उल्लेख गरेका छन् । बन्दको समयमा अत्यावश्यक सवारी (एम्बुलेन्स) बाहेक अन्य सबै सवारी साधनलाई रोक लगाइने संयुक्त विज्ञप्तीमा उल्लेख गरिएको छ । घटना भएको तीन दिनसम्म पनि घोराही सिमेन्ट कम्पनी र जलजला यातायात प्रालिका जिम्मेवार व्यक्ति सम्पर्कमा नआएको भन्दै सडक अवरुद्ध गरिएको हो ।

तुलसीपुर ४ हर्नेटीमा बिहिबार साँझ ६ बजेतिर टिप्परको ठक्करबाट गम्भिर घाइते कपुरकोट गाउँपालिका वडा नम्बर –३ का १८ वर्षीय आकाश सेनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा निधन भएको थियो । बिहिबार साँझ कपुरकोटबाट तुलसीपुरतर्फ आउँदै गर्दा रा १ प ३१७९ नम्बर मोटरसाइकलमा सवार सेनलाई रा १ ख ११२३ नम्बरको टिप्परले ओभरटेक गर्ने क्रममा तुलसीपुर ४ हर्नेटीमा ठक्कर दिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

नेकपा एमालेका दोणर््ा केसी, कांग्रेसका यगराज वली, माओवादी केन्द्रका पवन कार्की एकिकृत समाजवादीका जीतप्रसाद आचार्यले संयुक्तरुपमा हस्ताक्षरित विज्ञप्तीमा दोषिलाई कारवाही, पिडितका आफन्तले क्षतिपुर्ति नपाउँदासम्म सवारी सधान संचालन गर्न नदिने उल्लेख गरिएको छ ।

दुर्घटनामा निधन भएका सेनको शब राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शब गृहमा राखिएको छ । घटनामा संलग्न जिम्मेवार व्यक्ति सम्पर्कमा नआउँदासम्म पोष्टमार्टम नगर्ने पिडित परिवारले अडान लिएका छन । ठक्कर दिने टिप्पर र चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top