ट्रेण्डिङ

होमपेज / समाज

अपडेटः सल्यान बसमा करेन्ट लागेर मृत्यु हुनेको सनाखत घाइते, अधिकांश १३ देखि १७ वर्ष उमेर समूहका

  सल्यान खबर डेस्क २०७९ जेठ २ गते सोमबार १३:५०:४८ मा प्रकाशित

जेठ २,सल्यान 
सल्यानमा बसमा करेन्ट लागेर मृत्यु भएका दुई जनाको सनाखत भएको छ । मृत्यु हुनेमा सल्यान कुमाख गाउँपालिका १ का २६ वर्षीय लोकेन्द्र राना र २३ वर्षीय गोपाल बुढाथोकी रहेका छन् ।

उनीहरुको रुकुम पश्चिम स्थित चौरजहारी मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । 
उक्त घटनामा अन्य १५ जना घाइते भएका छन् । घाइते हुनेहरुमा कुमाख गाउँपालिका ४ का १६ वर्षीय विनोद बुढा, वडा न १ का १६ वर्षीय विनोद बुढा, १३ वर्षीय महेन्द्र रावत, वडा न ४ का १६ वर्षीय निखिल विक, १५ वर्षीय लिलामणी बुढाथोकी, १६ वर्षीय प्रकाश बुढाथोकी, १४ वर्षीय बिराज बुढाथोकी, १३ वर्षीय सोलन बुढाथोकी, १५ वर्षीय हेमन्त बुढाथोकी, १३ वर्षीय डिल्ला राना, १४ वर्षीय प्रकाश शाह, १७ वर्षीय हेमन्त विक, २१ वर्षीय नविन रावत रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिए । 

यस्तै वडा न १ का १६ वर्षीय हिमाल राना र रुकुम पश्चिम चौरजहारी नगरपालिका १ बस्ने १९ वर्षीय गोविन्द विक रहेका छन् । 
वडा न ४ का १६ वर्षीय विनोद बुढा र वडा न १ का १६ वर्षीय विनोद बुढाको अवस्था गम्भिर रहेको उनको भनाई रहेको छ । अन्य घाइते सबैको अवस्था सामान्य रहेको छ । घाइते सबैको चौरजहारी मिसन अस्पताल रुकुम पश्चिममा उपचार भइरहेको छ । 

सोमबार बिहान कुमाख गाउँपालिका १ शान्तिबजारबाट नेपाली कांग्रेसका गाउँपालिका अध्यक्ष मान बहादुर बुढाथोकीको विजय उत्सवमा आउने क्रममा ना ५ ख ८०६० न बसमा वडा न ४ बस्नेतन्युलाबाट रागेचौर आउँदै गर्दा बसमा विद्युतको पोलबाट जोडिएको तार छुइन जाँदा बसमा करेन्ट लागेको थियो । 
बसका चालक भने फरार रहेको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । घटनाममा अधिकांश बालबालिका रहेका छन् । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top