ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा विजयी उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लाग्दा २ जनाको मृत्यु

  सल्यान खबर डेस्क २०७९ जेठ २ गते सोमबार १२:२०:४५ मा प्रकाशित

२ जेठ, सल्यान ।
सल्यानमा विजय उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लाग्दा २ जनाको मृत्यु भएको छ भने १० जना भन्दा बढी घाइते भएका छन् ।

जिल्लाको कुमाख गाउँपालिकामा कांग्रेस र एमालेको गठबन्धनले जितेको उत्सव मनाउन गाडीमा आउँदै गरेकाहरुलाई करेन्ट लागेको हो । गाडीको छतमा झण्डा समाएर बस्नेतज्युलाबाट शान्तिबजार आउँदै गरेकाहरुलाई विजुलीको तारबाट करेन्ट लागेको प्रहरीले जनाएको छ ।

घटनाबारे विस्तृत विवरण आएको छैन् । रागेचौर प्रहरीका अनुसार छतमा बसेकाहरुले विद्युतको तारले छुँदा घटना भएको हो । घाइतेहरुलाइ रुकुम चौरजहारी अस्पताल लगिएको छ । मृतकको पहिचार खुलेको छैन् ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top