ट्रेण्डिङ

होमपेज / समाज

भेरी नदी किनारमा शव फेला

  सल्यान खबर डेस्क २०७९ बैशाख २७ गते मंगलबार ११:५०:२७ मा प्रकाशित

वैशाख २७,सल्यान 
सल्यानको भेरी नदी किनारमा एक पुरषको शव फेला परेको छ । जिल्लाको कुमाख गाउँपालिका ४ स्याला स्थित भेरी नदी किनारमा अन्दाजी २४ वर्षीय पुरुषको सोमबार साँझ शव फेला परेको हो । 

मृत्तक जाजरकोट भेरी नगरपालिका मैदी घर भई हाल रुकुम आठबिसकोट नगरपालिका ११ चिसापानी बस्नै विर्खे कामी भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । वैशाख २१ गते जाजरकोट भेरी नगरपालिका ४ मेटलामा आफन्तको विवाहमा जन्ती गएको समयमा भेरी नदीमा नुहाउने क्रममा डुवी वेपत्ता भएका थिए । 

उनको खोजी कार्य गर्ने क्रममा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको उनको भनाई छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top