ट्रेण्डिङ

होमपेज / समाज

चुनाव प्रचारमा हिडेको गाडीको छतबाट खसेर सल्यानमा एक जनाको मृत्यु

  सल्यान खबर डेस्क २०७९ बैशाख २४ गते शनिबार १५:२६:२७ मा प्रकाशित

वैशाख २४,सल्यान 
चुनावी प्रचारमा हिडेको गाडीको छतबाट खसेर सल्यानमा एक जनाको ज्यान गएको छ ।

जिल्लाको कालिमाटी गाउँपालिका– २ दानीगौरामा लु १ ज ४५९९  नम्बरको जिपको छतबाट खस्दा शोही ठाउँका १८ वर्षीय खुमराज थापा मगरको शनिबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । छतबाट खसी गम्भिर घाइते भएका मगरेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा उपचारका क्रममा दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिए । 

गाडी चालक दाङको बबई गाउँपालिका –२ का २८ वर्षीय खुमबहादुर छन्तेल र गाडीलाई  नियन्त्रणमा रहेको बताईएको छ ।
नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षको उम्मेदवार रहेका भुपेन्द्र घर्ति मगर सहितको टोलीको प्रचारमा हिडेका थापा जीपको छतबाट लडेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top