ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा भिरबाट लडेर एक जनाको मृत्यु

  सल्यान खबर डेस्क २०७९ बैशाख २२ गते बिहीबार १४:४७:३९ मा प्रकाशित

वैशाख २२,सल्यान 
सल्यानमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको कुमाख गाउँपालिका ३ चिनालीकी अन्दाजी ४० वर्षीया तिलसरी घर्तीमगरको भिरबाट लडेर बिहीबार बिहान मृत्यु भएको हो । 

आफन्तीको विवाह घरबाट फकिर्ने क्रममा सिद्ध कुमाख गाउँपालिका ४ मा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । घर्तीको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिए । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top