ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा २१ सय लिटर घरेलु मदिरा प्रहरीद्वारा नष्ट

  सल्यान खबर डेस्क २०७९ बैशाख १८ गते आइतबार १७:२२:२८ मा प्रकाशित

 प्रहरीले जिल्लाका  पालिकाका विभिन्न स्थानबाट २ हजार १ सय ४१ लिटर अवैध घरेलु मदिरा तथा कच्चा पदार्थ बरामद गरी नष्ट गरेको छ । स्थानीय निर्वाचनमा मदिराका कारण अमानवीय गतिविधि बढ्न नपाओस् भन्दै सुरक्षा व्यवस्था कडा बनाउँदै गएको प्रहरीले अवैध घरेलु मदिरा तथा कच्चा पदार्थ बरामद गरेको हो ।

प्रहरीले बरामद गरेको अवैध मदिरा ७ सय ५५ र कच्चा पदार्थ १ हजार ३ सय ८६ लिटर रहेको छ । मदिरासँगै नौ सेट भाँडाकुडा समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार शारदा नगरपालिका २, ३, ४ र बन्गाड कुपिन्डे नगरपालिका ९ बाट १ हजार ४ सय ५०, बाग्चौर नगरपालिकाबाट २ सय ६५ र श्रीनगर आसपासबाट ४ सय ५ र कपुरकोटबाट २१ लिटर बरामद गरेको छ ।

बरामद गरेको मदिरा तथा कच्चा पदार्थ स्थानीय, बुद्धिजीवी, पत्रकार, राजनीतिक दलका नेतालगायत अन्यको रोहबरमा नष्ट गरिएको प्रनाउ खड्काले जानकारी गराए । निर्वाचनलाई शान्तिपूर्वक सम्पन्न गर्न र समाजमा भएको विकृति र विसंगतिलाई रोक्न मदिरा तथा कच्चा पदार्थ बरामद गरिएको उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top