ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा झ्यालबाट लडेर एक जनाको मृत्यु

  सल्यान खबर डेस्क २०७९ बैशाख १७ गते शनिबार १४:१३:३९ मा प्रकाशित

वैशाख १७,सल्यान 
सल्यानमा झ्यालबाट लडेर एक जनाको मृत्यु भएको छ । 

जिल्लाको छत्रेश्वरी गाउँपालिका ३ तल्लोपारेकी ५५ वर्षीया चुडा घर्तीको मृत्यु भएको हो । शुक्रबार राती बाख्रा गोठमा बाख्रा बाध्न जाने क्रममा झ्यालबाट लड्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

शनिबार बिहान झ्यालबाट लडेर मृत्यु भएको भनी श्रीमान रुद्र घर्तीले प्रहरीलाई खबर गरेका थिए । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिए । 
    
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top