ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा डोजर दुर्घटनाः दुई जनाको मृत्यु १ घाइते

  सल्यान खबर डेस्क २०७९ बैशाख ११ गते आइतबार १०:१४:३२ मा प्रकाशित

वैशाख ११,सल्यान 
सल्यानमा डोजर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । 
जिल्लाको बागचौर नगरपालिका वठा नम्बर ६ स्थित मैढोले ठुलापोखरा हुँदै जामुनेचौर जानेबाटोे डबल कटिङ गर्दै गरेको रा १ क ७१९ नम्बरको डोजर शिनबार राती दुर्घटना हुँदा चालक दाङ बबई गाउँपालिका हापुरे ४ घर भएका ३३ वर्षिय देबराज खत्रीको , सहचालक छत्रेश्वरी गाउँपालिका १ दमाचौरका अन्दाजी १८ वर्षीय चित्र बहादुर विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

 चालक  खत्रीको दुर्घटना स्थलमै मृत्यु भएको हो भने दुर्घटनामा परि गम्भीर घाइते भएका सहचालक  विकको सल्यान अस्पताल  जिल्ला सल्यानमा उपचार क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिए । 

दुर्घटनामा परि घाइते भएका बागचौर नगरपालिका वडा नम्बर ६ बस्ने वर्ष ३० का धन बहादुर वलीको अवस्था भने सामान्य भएको जनाइएको छ । दुर्घटना बारे थप अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top