ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा चट्याङ लागेर ३ जना घाइते

  सल्यान खबर डेस्क २०७९ बैशाख १ गते बिहीबार ०८:१८:४९ मा प्रकाशित

सल्यान, १ बैशाख ।

सल्यानको कपुरकोट गाउँपालिकामा चट्याङ लागेर एकै घरका ३ जना घाइते भएका छन ।

कपुरकोट गाउँपालिका  ४ धनवाङ स्थित थापा टोलमा  चट्याङ लागेर ६६ वर्षीय  आशाराम थापा, उननी श्रीमती ६५ वर्षीय गंगी थापा र  १२ वर्षीय नाति दिनेश थापा घाइते भएका हुन । घरमै सुतिरहेको बेला बिहीबार बिहान करिव ३ बजेतिर उनिहरुलाइ चट्याङले लागेको थियो । विहानै घाइतेहरुको उद्दार गरि उपचारको लागि दाङ पठाइएको प्रहरी चौकी कपुरकोटले जनाएको छ । 
चट्याङ लागेर एउटा गोरु र १४ वटा कुखुरा पनि मरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top