ट्रेण्डिङ

होमपेज / समाज

सल्यानको बागचौरमा आधारभूत पत्रकारिता तालिम सम्पन्न

  सल्यान खबर डेस्क २०७८ चैत्र २४ गते बिहीबार १६:३९:५९ मा प्रकाशित

चैत २४,सल्यान 

सल्यानको बागचौरमा आधारभूत पत्रकारिता तालिम बिहीबार सम्पन्न भएको छ । बागचौर नगरपालिकाको आयोजनामा सञ्चालन भएको तीन दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको हो । 

समापन कार्यक्रममा बोल्दै बागचौर नगरपालिकाका मेयर लोकमान बुढाथोकीले पत्रकारले समाजका लागि सकारात्मक भूमिका खेल्नुपर्ने बताए । पत्रकार बौद्धिक जगत् भएकाले समाज परिवर्तनको लागि पत्रकारको अहम् भूमिका रहने उनको भनाई छ । यस क्षेत्रमा दक्ष पत्रकार उत्पादन गर्नका लागि नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । 

नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश सदस्य तथा रेडियो नेपाल सल्यानका सम्वाददाता दीपक शर्मा र रेडियो तहल्का एफ एमका स्टेसन म्यानेजर डिल्लीराज रावतले आधारभूत पत्रकारिता तालिम दिएका थिए । तालिममा सहभागीले पत्रकार र पत्रकारिताका साथै लेखन शैलीका बारेमा जिज्ञासा राखेको थिए । 

तालिममा सहभागीहरूलाई प्रमाण पत्र समेत वितरण गरिएको थियो । २२ गतेदेखि सुरु भएको तालिममा ३० जनाभन्दा बढी प्रशिक्षार्थीको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top