ट्रेण्डिङ

होमपेज / समाज

घर-घरमा पानी आएपछि सल्यान खत्रीगाउँवासीको फेरियो जिन्दगी

  सल्यान खबर डेस्क २०७८ चैत्र २४ गते बिहीबार १६:१४:४४ मा प्रकाशित

चैत २४,सल्यान 

बिहान उज्यालो हुन नपाउँदै डोकोमा गाग्री बोकी घण्टौँ समय लगाएर खानेपानीको जोहो गर्ने बागचौर नगरपालिका –८ खत्रीगाउँका स्थानीयवासी अहिले घर घरमा खानेपानी सुविधा पुगे पछि दङ्ग छन् । वषौंदेखि खानेपानीको निकै कष्ट भोग्दै आएका खत्रीगाउँबासीलाई बिहान उठेदेखि अरू कामकाजभन्दा खानेपानीको जोहो गर्ने कुरामा निकै पिरलो पर्ने गर्दथ्यो । 

आँगनमै पानीको धारा झरेपछि दङ्ग परेको खत्रीगाउँकी ७५ वर्षीय भीम कुमारी चन्दले बताइन । उनले भनिन ‘एक गाग्री पानीका लागि घण्टौँ कुर्नुपर्थ्यो । घरमा धारा होला र पानी आउला भन्ने सोचेकै थिइन । अहिले हाइसन्चो भएको छ ।’ 

एक गाग्री पानीका लागि दैनिक घण्टौँसम्म समय खेर फाल्नु पर्ने बाध्यता रहेको स्थानीय बासीलाई अहिले घरको आँगनमै स्वच्छ पिउने पानी आएको शारदा खोला खत्री गाउँ लिफ्ट खानेपानी योजनाका अध्यक्ष नवराज केसीले जानकारी दिए । खानेपानीको लागि निकै समस्या झेल्दै आएका स्थानीयवासीको अथक प्रयास र मेहनतपछि घर घरमा पानी आएको उनको भनाई छ । 

बिहान झिसमिसे उज्यालोमै गाग्री बोकेर पानी खोज्न निकै दौडधुप गर्नुपर्थ्यो अहिले त्यो समस्या सदाका लागि हटेको शिक्षक खुमराज केसीले बताए । गाउँमै खानेपानीको अभाव हटेपछि मेलापात गर्न , बालबालिकालाई विद्यालय पठाउन, र समयको समेत बचत भएको उनको भनाई छ । उनले भने ‘पानी लिनका लागि घण्टौँ कुर्नुपर्दा बालबालिकालाई विद्यालय पठाउन, मेलापात गर्न गाह्रो भएको थियो । तर अहिले समयको बचत हुनुका साथै सरसफाइ गर्न समेत सजिलो भएको छ ।’ 

बागचौर नगरपालिकाको ३६ लाख ५० हजारको आर्थिक सहयोगमा शारदा खोलाबाट लिफ्ट प्रविधि मार्फत गाउँ गाउँमा खानेपानी धारा जडान गरिएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top