होमपेज / समाज
चैत २२,सल्यान
सल्यानको बागचौर नगरपालिकामा तीन दिने पत्रकारिता सम्बन्धी अभिमुखीकरण तालिम सुरु भएको छ । मंगलबार बागचौर नगरपालिकाको आयोजनामा बागचौरमा तालिम सुरु भएको हो ।
तालिमको उद्घाटन गर्दै बागचौर नगरपालिकाका मेयर लोकमान बुढाथोकीले पत्रकारिता समाजको ऐन भएकाले समाजको वास्तविकतालाई उजागर गर्नु पर्ने बताए । पत्रकारिता गर्दा सत्य तथ्य र वास्तविकताको जगमा टेकेर जानु पर्ने बताए ।
बागचौर नगरपालिकामा राजनीतिक नेतृत्वहरु धेरै भएजस्तै पत्रकारहरु पनि धेरै उत्पादन हुनु पर्ने उनको भनाई छ । पत्रकारिता पेसालाई इमान्दार रुपमा अगाडी बढाउन मिसन पत्रकारिताको थालनी गरिनु पर्ने बताए । पत्रकारिता र सञ्चार क्षेत्र समाज परिवर्तनको महत्वपूर्ण अंग भएकाले यसले समाज विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । व्यक्तित्व विकास र क्षामता अभिवृतिले समाजलाई सकारात्मक परिवर्तत आउनेमा विश्वासका साथ तालिमको आयोजना गरिएको बताए ।
तालिमा बागचौर नगरपालिकाका ३० जना भन्दा बढी सहभागि रहेका छन् ।





.jpg)