ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु

  सल्यान खबर डेस्क २०७८ चैत्र २२ गते मंगलबार ०८:१८:५४ मा प्रकाशित

चैत २२,सल्यान 
सल्यानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार बिहान जिल्लाको शारदा नगरपालिका – १ दारिमचौरमा दारिमचौरबाट श्रीनगरबाट आउँदै गरेको भे १ ज ३३६ न जिप हुँदा भएको हो ।

 दुर्घटनामा परी शारदा नगरपालिका – १ दारिमचौर निवासी १८ वर्षीय नारायण ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । घाइते ओलीको श्रीनगर स्थित कर्णाली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अजूृन पौडेलले जानकारी दिए ।

गाडी सडकबाट करिब १५ मिटर तल खसेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गाडी चालक पनि सामान्य घाइते भएको र उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top