ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा प्रहरी जवान मृत फेला

  सल्यान खबर डेस्क २०७८ चैत्र १५ गते मंगलबार १२:४७:४४ मा प्रकाशित

चैत १५,सल्यान 
सल्यानको इलाका प्रहरी कार्यालय शितलपाटीमा कार्यरत प्रहरी जवान मृत फेला परेका छन् ।
 इलाका प्रहरी कार्यालय शितलपाटीदेखि झन्डै ५ फिट तल भगवति खोला जाने बाटोको नालामा मंगलबार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

पश्चिम रुकुम मुसिकोट नगरपालिका छिवाङका पवन केसी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले बताए । आज बिहान स्थानीय एक महिलाले प्रहरीको शव देखेपछि प्रहरीलाई खबर गरेकी थिइन ।

 डियुटी सकेर कोठामा फकर्ने क्रममा कार्यालय छेवैको भीरबाट लडेर मृत्यु भएको हुन सक्ने उनको भनाई छ । उनका अनुसार मृत्तकका परिवार घरबबाट आएपछि मात्र घटना स्थलबाट शव उठाइने र पोष्टमार्टम गरिने छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top