ट्रेण्डिङ

होमपेज / समाज

खुल्यो अवरुद्ध राप्ती लोकमार्ग

  सल्यान खबर डेस्क २०७८ चैत्र ९ गते बुधबार १९:३३:३१ मा प्रकाशित

चैत ९,सल्यान 
सुख्खा पहिरोका कारण अवरुद्ध राप्ती लोकमार्गको सल्यान – दाङ सडकखण्ड बुधबार साँझदेखि खुलेको छ । अवरुद्ध बनेको २३ घण्टा भन्दा बढी समयपछि सडक सूचारु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

 गएराती करिब साढे सात बजेतिर सल्यानको कपुरकोट गाउँपालिका – ३ स्थित चोरखोला नजिकै सडक निर्माण गर्ने क्रममा सुख्खा पहिरो झर्दा सडक अवरुद्ध बनेको थियो । दाङबाट ठुलो स्काभेटर ल्याएर पहिरो हटाए पछि अवरुद्ध सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए । 

पहिरोले सडक खन्ने क्रममा स्काभेटर समेत पुरेको थियो । पहिरो गाउँ स्थान निकै जोखिम पूर्ण ठाउँमा भएकाले पहिरो हटाउन समय लागेको पौडेलको भनाई छ । 
गएराती देखि सडक अवरुद्ध हुँखा सयौं सवारी साधन तथा यात्रु अलपत्र परेका थिए । साना गाडीका लागि वैकल्पिक बाटो भए पनि ठुला गाडीका लागि भने वैकल्पिक सडक हुँदा धेरै सवारी साधन जाममा परेका थिए ।  
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top