ट्रेण्डिङ

होमपेज / समाज

सुख्खा पहिराले स्काभेटर पुरियो, सल्यान दाङ सडक अवरुद्ध

  सल्यान खबर डेस्क २०७८ चैत्र ९ गते बुधबार १०:५३:४३ मा प्रकाशित

 चैत ९,सल्यान 
सडक निर्माणको क्रममा सुख्खा पहिरो आउँदा राप्ती लोकमार्ग अन्तर्गत सल्यान – दाङ सडक अवरुद्ध भएको छ । मंगलबार राती सल्यानको कपुरकोट गाउँपालिका – ३ चोरखोला नजिकै सडक निर्माण गर्ने क्रमममा झरेको पहिरोले स्काभेटर पुरिएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

सडक निर्माण गर्दै गर्दा सुख्खा पहिरो आउँदा स्काभेटर पुरिएको सडक सूचारु हुन दिन भर  लाग्ने जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपि सुमित खड्काले बताए । पहिरोबाट स्काभेटर निकाल्न दाङबाट अर्को स्काभेटर आउँदै गरेको र पुरिएको स्काभेटर निकाले पछि मात्र पहिरो हटाउने काम सुरु हुने उनको भनाई छ । 

जोखिमयुक्त ठाउँ भएकाले  स्काभेटर निकाल्न र पहिरो हटाउन समस्या भएको  प्रहरीले जनाएको छ । गएराती देखि सडक अवरुद्ध हुँदा लामो तथा छोटो दुरीका सवारी साधन बाटोमा रोकिएका छन् । 
फोटो शंकर केसीको फेसबुकबाट 

प्रतिक्रिया

सम्बन्धित खवर

Top