ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

  सल्यान खबर डेस्क २०७८ चैत्र ६ गते आइतबार ०८:२६:०१ मा प्रकाशित

चैत ६,सल्यान 
सल्यानमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । जिल्लाको शारदा नगरपालिका – पट्नेरीमा खलंगाबाट श्रीनगर तर्फ आउँदै गरेको रा ४ प ९१७१ नम्बरको मोटरसाइकले ठक्कर दिदा शोही पट्नेरी निवासी २५ वर्षीय दिपेश डाँगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

 हिजो साँझ मोटरसाइकलको ठक्कर घाइते भएका डाँगीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए । उपचारको क्रममा मृत्यु भएका डाँगीको शव पोष्टमार्टमका लागि सल्यान जिल्ला अस्पतालमा ल्याउदै गर्दा परिवारले बाटो अवरुद्ध गरी शव घरमा राखेका थिए । 

पिडित पक्षले तत्काल क्रिया खर्च बापत ५० हजार र अन्य नियम अनुसार पाउने बिमा वापतको रकम उपलब्ध गराउने सहमति पछि लास पोष्टमार्टमा लागि सल्यान जिल्ला अस्पताल राखिएको उनको भनाई छ । मोटरसाइकल चालक पनि घाइते भएको र उनको सामान्य उपचार पछि प्रहरीको नियन्त्रणमा ल्याइएको पौडेलको भनाई छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top