होमपेज / समाज
चैत १,सल्यान
सल्यानमा विद्युतीय राहदानी (इ–पासपोर्ट) को निवेदन संकलन सुरु भएको छ । मेसिन रिडेबल पासपोर्ट (एमआरपी) लाई विस्थापन गर्ने र नयाँ विद्युतीय पासपोर्ट वितरण गर्ने सरकारको निर्णयसँगै जिल्ला तहबाट इ–पासपोर्ट वितरण सुरु भएको हो ।
जिल्लामा विद्युतीय राहदानीका लागि जैविक विवरणसहितको फारम संकलन सुरु गरेको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ । कपुरकोट गाउँपालिका ५ की भिमा डाँगी को ई–पासपोर्टको लागि पहिलो नम्बरमा दर्ता गराएको सल्यानका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले बताए। तीन हप्तामा तयार हुने भएपनि ट्रान्सपोटमा ढिलाई हुँदा २० देखि ३० दिनभित्र ई पासपोर्ट उपलब्ध हुने उनको भनाई छ । ।
जिल्लामै यो सेवा सुरू भएपछि विद्युतीय राहदानी लिन काठमाडौं जानुपर्ने बाध्यता हटेको छ । विद्युतीय राहदानी बनाउन राष्ट्रिय परिचयपत्र वा यसको १० अङ्कको नम्बर अनिवार्य गरिएको प्रजिअ आचार्यले बताए। करिब ४ महिनादेखि रोकिएको पासपोर्टको कार्य सुरुभएपछी सेवाग्राही खुशी भएका छ्न।
विद्युतीय राहदानीका लागि सेवाग्राहीले अनलाइन फर्म भर्न सक्ने र सजिलै पासपोर्ट लिन सकिने बताइएको छ। ई–पासपोर्टका लागि फर्म भर्दा आफ्नो विवरण भर्ने र आफ्नो डकुमेन्ट अपलोड गर्नुपर्ने हुन्छ ।
सेवाग्राहीले भरेको प्रि इनरोलमेन्ट फर्मको प्रिन्ट कपी र बैंकमा तोकिएको राजस्व जम्मा गरेको रसिद लिएर सेवाग्राही प्रशासन कार्यालय जानुपर्ने हुन्छ । ई–पासपोर्टको लागि कार्यालयमा सेवाग्राहीले बायोमेट्रिक्स र फोटो समेत खिचाउनुपर्ने जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ।





.jpg)