ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा भरुवा बन्दुक सहित दुई जना पक्राउ

  सल्यान खबर डेस्क २०७८ चैत्र १ गते मंगलबार ११:०५:२७ मा प्रकाशित

चैत १,सल्यान 

सल्यान प्रहरीले भरुवा बन्दुक सहित दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका – ३ झिम्पे मिलनचोकका मनिष कुमार पुन र लोक बहादुर पुनलाई अवैध भरुवा बन्दुक सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

मनिष पुन मगरको घर नजिकै रहेको भुपाल पुनको गहुँ बारीमा लुकाएर राखेको अवस्थामा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए । गत फागुन २५ गते मनिष पुनको घरमा राखेको बन्दुक अचानक पड्किदा लोक बहादुर पुन घाइते भएपछि घटना बाहिर आएको पौडेलको भनाई छ ।

घाइते लोक बहादुर पुनको औषधी उपचार पश्चात् दुवै जनालाई हातहतियार खरखजाना मुद्दामा इलाका प्रहरी कार्यालय लुहाममा राखी अनुसन्धान गरी रहेको प्रहरीले जनाएको छ । 

रेड मर्करी बहुमूल्य धातु भएको भन्दै ठगी गर्ने तीन पक्राउ

 प्रहरीले बहुमूल्य धातु रेड मर्करी ओसार पसार गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका – ९ सेराका २४ वर्षीय गणेश बुढाथोकी, बाँके बैजनाथ गाउँपालिका ४ का ५० वर्षीय होम बहादुर शाह र सोही ठाउँ बस्ने ४६ वर्षीया राधा सिंह ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ ।

बनगाड कुपिण्डे नगरापालिका ९ सेरामा मर्करी बहुमूल्य वस्तु हो सो बस्तु बिक्री वितरण गरेमा धेरै पैसा कमाउन सकिन्छ भनी गाउँघरमा सोझा सिधा मानिसलाई विश्वास दिलाई ठगी गरी रहेको सूचना पाएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले बताए । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धान गरी रहेको प्रहरीले बताएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top