ट्रेण्डिङ

होमपेज / समाज

स्वरोजगार मल्टिप्रपोज केन्द्र दाङको प्रथम अन्तरक्रिया तथा सम्मान कार्यक्रम

  सल्यान खबर डेस्क २०७८ फाल्गुण ३० गते सोमबार १६:५७:०९ मा प्रकाशित

फागुन ३०,सल्यान 

स्वरोजगार मल्टिप्रपोज केन्द्र दाङको प्रथम अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । सामाजिक क्षेत्रमा कार्य गर्दै आइरहेको केन्द्रले आइतबार पहिलो पटक अन्तरक्रिया तथा सम्मान कार्यक्रम गरेको हो । 

कार्यक्रममा  स्वरोजगार मल्टिप्रपोज केन्द्रको विभिन्न क्षेत्रमा काय गर्ने व्यक्तिलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरूमा पवित्रा रोकाय, निर्मला खत्री, शिवा विष्ट, बसन्ता विश्वकर्मा, सुनिल केसी, निरुता हमाल, मनोज परियार, विजय यरी र टेक बहादुर केसी रहेका छन् । कार्यक्रममा १९ कर्मचारीलाई प्रमाण पत्र समेत वितरण गरिएको छ । 

स्वरोजगार मल्टिप्रपोज केन्द्रका संयोजक मनोज परियारको सञ्चालन भएको कार्यक्रममा भ्याली टेक्निकल इन्स्टिच्युट दाङका संस्थापक विनोद केसी, स्वरोजगार मल्टिप्रपोज केन्द्रका उपाध्यक्ष प्रतिभा वली, चाहना टेलर्स नारायणपुरका प्रबन्ध निर्देशक जीत बहादुर परियार लगायतको आतिथ्य रहेको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top