ट्रेण्डिङ

होमपेज / समाज

मानवीय क्रियाकलापले जोखिम बढ्दै

  सल्यान खबर डेस्क २०७८ फाल्गुण २९ गते आइतबार १८:१६:३४ मा प्रकाशित

सल्यान, फागुन २९ गते । 

सङ्घीय प्रतिनिधि सभाका सदस्य टेकबहादुर बस्नेतले सबै तहका सरकार जिम्मेवार भएर विपद् न्यूनीकरणमा लाग्नु पर्ने बताएका छन् ।  मानवीय क्रियाकलाप वातावरणमैत्री हुन नसक्दा  मानिसका लागि चुनौतीको रुपमा आई लागेकोले यस तर्फ समयमै ध्यान दिनु पर्ने बताए । भू तथा जलाधार व्यवस्थापन कार्यालय सुर्खेतले सल्यानको खलंगमा आयोजना गरेको जलाधार तथा उपजलाधार प्राथमिकरण र आगामी नीति कार्यक्रम विषयमा आयोजित अन्तरक्रियामा उनले यस्तो बताएका हुन।

कर्णाली प्रदेश सभाका सदस्य गुलाब जङ्ग शाहले जलवायु परिवर्तनका कारण सल्यान जिल्लामा पनि भू :स्खल लगायतका समस्या देखिएकोले न्यूनीकरणमा योजनावद्ध भएर लाग्नु पर्ने बताए ।

जिल्ला समन्वय समिति सल्यानका संयोजक केसबहादुर बिस्टले सल्यान जिल्लाका सबै पालिका रहेका भू तथा जलाधार क्षेत्रमा गर्नु पर्ने कार्यको योजना निर्माण गरेर लाग्नु पर्ने बताए ।

कार्यक्रममा जिल्लाका सबै स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी र विषयगत कार्यालयका प्रमुख प्रतिनिधिको सहभागिता रहेको कार्यक्रममा  वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत शेरबहादुर श्रेष्ठले भू तथा जलाधार क्षेत्रका गरिने क्रियाकलाप र राज्यका तिन तह र विभिन्न सरोकारवालाले पुरा गर्नु पर्ने दायित्व भएको बताए । भूगर्भ विद् डा. प्रदीप पौडेलले सल्यान जिल्लाका जलवायु जन्य जोखिम र कारण विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । यस्तै भू सूचना विज्ञ नीरज तिमिलसनाले सल्यान जिल्लामा जलाधार क्षेत्रहरूको विभाजन र विशेषता, जलाधार विज्ञ रविन बोगटीले जलाधार व्यवस्थापनका उपायहरू, भवानी प्रसाद खरेलले स्थानीय तहको भूमिका विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । 

कार्यक्रममा सहभागी स्थानीय तहका जनप्रतिनिधि र प्रशासकीय प्रमुखले आगामी वर्ष भू तथा जलाधार व्यवस्थापन कार्यालय मार्फत गरिने नीति योजना र कार्यक्रम बारे आ आफ्ना धारणा राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top