ट्रेण्डिङ

होमपेज / समाज

प्रदेश सरकारले एक हप्ताका लागि सल्यान जिल्ला अस्पतालमा दुई डाक्टर पठायो

  सल्यान खबर डेस्क २०७८ फाल्गुण २९ गते आइतबार १८:०६:११ मा प्रकाशित

फागुन २९, सल्यान
सल्यान जिल्ला अस्पतालमा प्रदेश सरकारले तत्कालका लागि दुई जना डाक्टर पठाएको छ । अस्पतालमा भएका  केही डाक्टरले राजीनामा कोही अध्यायनको लागि गएपछि एक डाक्टरको भरमा सल्यान जिल्ला अस्पताल सञ्चालन हुँदै आइरहेको छ ।

 लामो समय सम्म एक जना मात्र डाक्टरले सेवा दिन नसकिने र अस्पतालको सेवा बन्द गर्ने अवस्था सिर्जना भएपछि प्रदेश सरकारले केही समयको लागि भनेर दुई जना मेडिकल अधिकृत आएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । अहिले केही समयका  लागि प्रदेश सरकारले दुई जना डाक्टर पठाए  पनि अरु डाक्टरको माग गरि रहेको निमित्त स्वास्थ्य व्यवस्थापक दशरथ श्रेष्ठले बताए । 

लामो समय देखि अस्पतालमा दरबन्दी  अनुसारका डाक्टर नहुँदा अस्पतालले बिशेषज्ञ सेवा दिन सकिरहेको छैन । जिल्ला अस्पतालमा ८ जना चिकित्सकको दरबन्दी भए पनि अहिले १ जना मात्र कार्यरत छन  ।  अस्पतालमा पर्याप्त मात्रामा स्वास्थ्यकर्मी नहँुदा जटिल खालका बिरामी महंगो शुल्क तिरेर जिल्ला बाहिर जान बाध्य छन । 
दुई हप्तायता त झन एक जनामात्र डाक्टर हुँदा अस्पताल बाट पाउने उपचारमा सेवामा समस्य ाहुँदै आईरहेको अस्पताल प्रशासनले जनाएको छ । अहिले केही समयका लागि भनेर प्रदेश सरकारले दुई जना डाक्टर पठाएपछि तत्कालको समस्या टरेको देखिन्छ । 

तर अस्पतालले बिशेषज्ञ सेवा दिनलाई टिमवर्क चाहिने एमडीजिपी डाक्टर अभिषेक सिंहले बताए । प्रदेश सरकारले अहिले दुई जनालाई त पठाएको छ, तर उहाँहरु केही समयका लागि मात्र आउनु भएको छ, एमडीजिपी डाक्टर सिंहले भन्ने, केहीदिन त उहाँहरुलाई अस्पतालको बारेमा  बुझ्न समय लाग्छ, केही समयकालागि त समस्या ट¥यो, फेरि उही अवस्था नआउँला भन्न सकिदैन । 


 

प्रतिक्रिया

सम्बन्धित खवर

Top