ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा चार दिनदेखि बेपत्ता वृद्ध जङ्गलमा मृत भेटिए

  सल्यान खबर डेस्क २०७८ फाल्गुण २१ गते शनिबार १७:४०:०० मा प्रकाशित

फागुन २१,सल्यान 

गत बुधवारदेखि हराइ रहेका कपुरकोट गाउँपालिका – २ भकम गाउँका एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । ६४ वर्षीय मेवालाल नेपाली शनिवार दिउँसो सोही वडाको फुर्केमेल सामुदायिक बनमा मृत अवस्थामा फेला परेका हुन् ।

प्रहरी र स्थानीयको सक्रियतामा खोजी गर्दा हराइरहेका नेपाली घरदेखि करिब साढे २ किलोमिटर टाढा पर्ने फुर्केमेल सामुदायिक वनमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

घाँस काट्न भन्दै घरबाट निस्केका नेपाली बुधवारदेखि हराइरहेको र खोजी गर्ते क्रममा शनिवार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए ।

मृत अवस्थामा भेटिएका नेपालीको शरीरका विभिन्न भागमा चोट लागेको फेला परेपछि घटनाको थप अनुसन्धान भइरहेको उनले जानकारी गराए ।  उनको शव पोस्टमार्टमका लागि सल्यान जिल्ला अस्पतालमा पठाइएको पौडेलले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top