ट्रेण्डिङ

होमपेज / समाज

सल्यानको एक विद्यालयमा आगलागी हुँदा दुई लाख बराबरको क्षति

  सल्यान खबर डेस्क २०७८ फाल्गुण १८ गते बुधबार १८:२०:१९ मा प्रकाशित

फागुन १८,सल्यान 

सल्यानको एक विद्यालयमा आगलागी भएको छ । जिल्लाको बागचौर नगरपालिका –९ स्थित लोकतान्त्रिक आधारभूत विद्यालय लिउरेबारीमा आगलागी भएको हो । बुधवार दिउँसो विद्यालयकाको अफिस कोठामा आगोको धुवाँ आइरहेको देखेपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्षले प्रहरीलाई खबर गरेका थिए । 

आगलागीबाट अफिस कोठामा रहेका किताब, दराज, बोर्ड, कार्पेट, पोस्टर, चार्ट लगायत जलेर १ लाख ९३ हजार ५ सय बराबरको क्षति भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्र बहादुर ओलीले जानकारी दिए । 

आगो के कसरी लागेको भनेर खुल्न नसकेको र घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सल्यानले जनाएको छ । विद्यालयको अफिस कोठाको प्वालबाट १ / २ दिन अगाडी नै आगो लगाएको भन्ने बुझिएको प्रहरीको भनाई छ । 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top