होमपेज / समाज
फागुन १७,सल्यान
सल्यानको दार्मा गाउँपालिका – ३ धुलखर्कका १६ वर्षीय एक जनाको मृत्यु भएको छ । धुलखर्कका १६ वर्षीय हिमाल विक्रम चन्दको मृत्यु भएको इलाका प्रहरी कार्यालय दार्माले जानकारी दिएको छ ।
मंगलबार दिउँसो गाउँ नजिकै रहेको अरबारे भन्ने स्थानमा घुमी घर फर्कि एक्कासी बेहोस भएका उनको दोभान पोलिक्लिनिक फारुलाचौरमा उपचारको क्रममा मृत्यु भएको दार्मा गाउँपालिका ३का वडाध्यक्ष सेतिराम रोकाहले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





.jpg)