ट्रेण्डिङ

होमपेज / समाज

सल्यानको त्रिवेणीमा एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न

  सल्यान खबर डेस्क २०७८ फाल्गुण १६ गते सोमबार १६:४१:२४ मा प्रकाशित

फागुन १६,सल्यान 

सल्यानको त्रिवेणी गाउँपालिका – ५ सिम्कमा एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

 गाउँपालिकाको पशु सेवा शाखाको आयोजनामा भएको शिविरमा १ सय ७० कृषकका ३ हजार ७ सय ५९ पशुचौपायको उपचार गरिएको छ । 

सोमबार भएको शिविरमा १ हजार ९ सय ३७ बाख्रा, १ हजार ४ सय १७ कुखुरा, १८ वटा भैँसी, ३ सय ५ गाई गोरु, ३३ भेडा, ८ वटा सुँगुर को उपचार तथा निःशुल्क औषधी वितरण गरिएको पशु सेवा शाखा प्रमुख वसन्त रावतले जानकारी दिए । उनका अनुसार ३९ वटा कुकुरमा रेबिज विरुद्धको खोप लगाइएको छ । 

शिविरमा निःशुल्क औषधी वितरण, बाख्रामा ड्रेन्चिङ सेवा, बन्ध्याकरण, निःशुल्क रेबिज विरुद्धको खोपको व्यवस्था गरिएको उनको भनाई छ । पशु सेवा शाखाको सेवा क्षेत्रभन्दा टाढा रहेका बस्तीहरूमा सेवा प्रदान गर्ने उद्देश्यका साथ शिविर सञ्चालन गरिएको कार्यालयले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top