होमपेज / समाज
फागुन १४,सल्यान
सल्यान प्रहरीले दुई ट्याक्टर सहित ९५ क्यु फिट काठ बरामद गरेको छ । जिल्लाको शारदा नगरपालिका –१३ सांघारबाट ९५ क्यु फिट काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
शनिवार छत्रेश्वरी गाउँपालिका ५ लेखपोखराबाट लान्ति आउँदै गरेको ट्याक्टर प्रहरी चौकी भोटेचौरबाट खटिएको गस्ती टोलीले शङ्का लागि रोकी चेकजाँच गर्दा काठ बरामद गरेको हो । रा १ त २४३८ र रा १ त २०२२ नम्बरको ट्याक्टरमा माथिबाट मसिनो दाउराले छोपिएको अवस्थामा काठ फेला पारेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले बताए ।
काठ सहित दुवै ट्याक्टरका ड्राइभरलाई नियन्त्रणमा लिइएको उनको भनाई छ । उनका अनुसार आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालयमा पठाइएको पौडेलले बताए । काठ वैध वा अवैध त्यस सम्बन्धी अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ । बरामद गरिएको काठ र दुई ट्याक्टर सब डिभिजन वन कार्यालय कान्तिमा राखिएको डिभिजन वन कार्यालय सल्यानका चन्द्रविर गुरुङले जानकारी दिए ।





.jpg)