ट्रेण्डिङ

होमपेज / समाज

जनता र सरकारलाई जोड्न सामुदायिक एफएम रेडियो सफल

रेडियो शारदाको स्थापना दिवस

  सल्यान खबर डेस्क २०७८ फाल्गुण १२ गते बिहीबार १७:१९:३८ मा प्रकाशित

सल्यान, फागुन १२ गते ।

  सल्यानको रेडियो शारदा एफएमले रेडियो स्थापना दिवस मनाएको छ । रेडियो शारदा एफएम ९९ थोप्लो २ मेगाहर्जको १४ औ वर्ष प्रवेशको अवसरमा आयोजित दिगो विकासमा सामुदायिक रेडियोको उपयोगिता विषयक अन्तरक्रिया तथा शुभकामना आदान प्रदान रेडियो कार्यक्रम गरी  स्थापना दिवस मनाएको छ ।

 कार्यक्रममा बोल्दै  पूर्व सामान्य प्रशासन मन्त्री तथा  प्रतिनिधि सभाका सदस्य टेकबहादुर बस्नेतले  सामुदायिक रेडियोले जनता र राज्य बिच पुलको काम गरेको बत्ताउनुभयो । उहाँले भन्नुभयो  जनताका समस्या राज्य सरकार र सरकारका कार्यक्रम जनतामा लिएर पुलको काम सामुदायिक रेडियोले गरेको छ । 

रेडियो शारदा एफएम ९९ थोप्लो २ मेगाहर्जको १४ औ वर्ष प्रवेशको अवसरमा आयोजित दिगो विकासमा सामुदायिक रेडियोको उपयोगिता विषयक अन्तरक्रिया तथा शुभकामना आदान प्रदान रेडियो कार्यक्रमलाई सम्बोधन गर्दे उहाँले यस्तो बताउनुभएको हो । शारदा एफएम लगायत जिल्लामा सञ्चालित सामुदायिक रेडियोले पूर्वाधार विकास निमार्णका कामलाई  प्रभावकारी बनाउन खबरदारी गरिरहेको र यसको नेतृत्व शारदा एफएमले गरेको भन्दै आगामी दिनमा  थप सशक्त र प्रभावकारी कार्यक्रम सञ्चालन गर्न आग्रह समेत गर्नु भयो । 

सामुदायिक रेडियोले नेपालमा जनताको आन्दोलन वाट प्राप्त नयाँ संविधानले जनताका धेरै मौलिक हक स्थापित गरेकोले मौलिक हकलाई स्थापित गर्न जारी संविधानलाई व्यवहार मा   नागरिक हक कार्यान्वयन लागि पहल र पैरवी गर्नुपर्ने उहाँको भनाई छ ।

राष्ट्रिय सभाका सदस्य  उदयबहादुर बोहराले लोकतन्त्र र नागरिक अधिकार स्थापित गर्न रेडियोको महत्त्वपूर्ण भूमिका रहँदै आएकाले रेडियोको विकास लागि सङ्घ,प्रदेश र स्थानीय सरकारले आवश्यक नीति कार्यक्रम मार्फत सम्बोधन गर्नु बत्ताउनुभयो ।

कर्णाली प्रदेश सभाका सदस्य गुलावजंग शाहले रेडियो शारदाले शिक्षा, स्वास्थ्य लगायत जनचेतना सहित सामाजिक रूपान्तरण  योगदान दिएको भन्दै विगतमा झैँ अबका दिनमा पनि स्वतन्त्र, निष्पक्ष भएर पत्रकारितामा मार्फत अघि बढ्नु पर्ने बताउनुभयो ।

सामुदायिक रेडियो प्रसारक सङ्घका अध्यक्ष अर्जुन गिरीले सल्यानको विकास र नागरिक आवाजलाई उठाउन शारदा एफएमले गरेको कामको प्रशंसा गर्नुभयो । उहाँले  सामुदायिक रेडियो राज्य र सरकारले अघि सारेका लोककल्याण्कारी कार्यक्रमलाई सहयोग गरेर कार्य गरेका भए पनि सामुदायिक रेडियोलाई राज्यले नीतिगत रूपमा उपेक्षा गरेको बताउनुभयो । उहाँले भन्नुभयो हाम्रो जस्तो विकट भू बनोट, आम सञ्चारका अन्य माध्यमको पहुँच नभएको गाउँ वस्तिमा रेडियो सहज माध्यम रहेको छ ।

प्रविधिमा आएको फेरबदलले चुनौती थपिएकाले कार्यक्रम लगायत अन्य विषयमा परिष्कृत गदै  लोकतन्त्र,नागरिक अधिकार र  सूचना पाउने हक र दिगो विकासमा सामुदायिक रेडिया र रेडियोकर्मी क्रियाशील हुने पर्ने गिरीको भनाइ छ। 

जिल्ला समन्वय  समिति सल्यानका प्रमुख केसबहादुर विष्टले रेडियो उपयोगी सञ्चार माध्यम भए पनि सरकारले सही किसिमले उपयोग गर्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो सल्यान जस्ता पहाडी जिल्लामा जनताको सहज पहुँच रेडियोमा भए पनि रेडियोको संस्थागत विकास, जनशक्तिको सीप क्षमता लगायतका क्षेत्रमा कार्यक्रमले सम्बोधन गर्न जरुरी छ । 

कार्यक्रममा शारदा नगरपालिका प्रमुख सुरेश अधिकारी, वनगाड कुपिण्डे नगरपालिका प्रमुख गोविन्द कुमार पुन, बागचौर नगरपालिका प्रमुख लोकमान बुढाथोकी, दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसी, कुमाख गाउँपालिका अध्यक्ष दिलमाया बुढामगर, त्रिवेणी गाउँपालिका अध्यक्ष मानबहादुर डाँगी, कालीमाटी गाउँपालिका अध्यक्ष दानबहादुर केसी, छत्रेश्वरी गाउँपालिका अध्यक्ष सन्तोष केसी, बागचौर नगरपालिका लोकमान बुढाथोकी सल्यानका प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, नेपाल पत्रकार महासङ्घका सल्यानका अध्यक्ष नविन पौडेल लगायतले मन्तव्य राख्नु भएको छ । 

रेडियो शारदा एफएमका अध्यक्ष प्रतीक इच्छुक शर्माले स्थानीय विषयवस्तुलाई प्राथमिकता दिएर  उपयोगी र रुचिकर विषयवस्तु उत्पादन र प्रसारण प्रयत्नशील रहने बताउनुभयो । उहाँले भन्नभयो रेडियोबाट प्रस्तुत हुने सूचना, विचार, बहस लगायतका सामग्री सन्तुलित, पेसागत मर्यादा  भित्र रहेर उत्पादन प्रसारण गर्नेछौ ।

परिवर्तन र शान्तिका लागि रेडियो नारा लिएर सञ्चालनमा रहेको शारदा एफएमले वि।सं।२०६५ फागुन १२ गतेका दिन स्थापना भएको शारदा एफएम सल्यानमा सञ्चालित सबैभन्दा धेरै क्षमता ५सय वाटको रेडियो हो ।

रेडियोले दैनिक बिहान ५ बजे देखि राती १० वर्ष सम्म प्रसारण रहेको शारदा एफएमले समाचारमूलक कार्यक्रम, शिक्षा र मनोरञ्जनका विभिन्न कार्यक्रम सञ्चालन गर्दे आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top