ट्रेण्डिङ

होमपेज / समाज

सल्यानको सामुदायिक रेडियो शारदा एफ.एम. चौध वर्षमा प्रवेश

  सल्यान खबर डेस्क २०७८ फाल्गुण १२ गते बिहीबार ०८:१२:४३ मा प्रकाशित

सल्यान, फागुन १२ गते । 

सल्यान जिल्लामा  सञ्चालित सामुदायिक रेडियो शारदा एफएम ९९ थोप्लो २ मेगाहर्ज आज वाट  चौध  वर्षमा प्रवेश गरेको छ ।

चौधौवार्षिकोत्सवको अवसरमा रेडियो शारदा एफएम सञ्चालक समितिका अध्यक्ष एवम् कार्यकारी निर्देशक प्रतीक इच्छुक शर्माले एक प्रेस विज्ञप्ति जारी गर्दे रेडियोका श्रोता, कर्मचारी, पत्रकार,स्थानीय संवाददाता , विज्ञापनदाता तथा सबै पेसा,वर्ग क्षेत्रका शुभेच्छुक सवैमा शुभकामना व्यक्त व्यक्त गर्नु भएको छ  ।

परिवर्तन र शान्तिका लागि रेडियो नारा लिएर सञ्चालनमा रहेको शारदा एफएमले वि.सं.२०६५ फागुन १२ गतेका दिन स्थापना भएपछि जनताका हरेक दुख सुखमा सहकार्य गरिरहेको छ । दैनिक बिहान ५ बजे देखि राती १० वर्ष सम्म प्रशारण रहेको शारदा एफएमले समाचारमूलक कार्यक्रम, शिक्षा र मनोरञ्जनका विभिन्न कार्यक्रम सञ्चालन गर्दे आएको छ । 

जारी प्रेस विज्ञप्तिमा भनिएको छ– हाम्रो जस्तो आर्थिक, भौगोलिक एव सामाजिक अवस्था भएको देशमा रेडियो नै प्रभावकारी सञ्चार माध्याम हो रेडियो हो । आम नागरिक पहुँच सूचना  तथा शिक्षाका अन्य सरल, सुलभ माध्यम नभएको हुदा रेडियो जनताले सिक्ने र सिकाउने माध्याम पनि हो ।  रेडियोमा जनताका रुचि र आवश्यकता विषयवस्तुलाई हामीले प्राथमिकता राखेर काम गर्दे आएका छौ । 

नागरिकलाई हरेक  कुरालाई विश्लेषण गर्न सक्ने क्षमता विकास गराउने , शिक्षालाई व्यवहारिक बनाउन  परम्परागत ज्ञानका राम्रा पक्षहरूलाई प्रवर्द्धन गर्न तथा नयाँ शिक्षा र प्रविधिलाई नागरिकहरुमा विस्तार गर्न हालका अवस्थामा रेडियो जस्तो उत्तम विकल्प र माध्याम हाल अरू छैन । रेडियो शारदा जनताको बोली  बोल्ने एउटा माध्याम हो । हामीले सल्यानको विकासका लागि सबै सँग सहकार्य, खबरदारी र जनताका आवश्यकता पक्षमा आफूलाई उभ्याएका छौ ।

स्थानीय विषयवस्तु हाम्रा प्राथमिकता विषय हुन । उपयोगी र रुचिकर विषयवस्तु उत्पादन र प्रशारण प्रयत्नशील रहने छौ  जारी प्रेस विज्ञप्तिमा भनिएको छ । 

रेडियोबाट प्रस्तुत हुने सूचना, विचार, बहस लगायतका सामग्री सन्तुलित, पेसागत मर्यादा  भित्र रहेर उत्पादन प्रशारण गरेको र आगामी दिनमा पनि   ‘समाचार लगायतका सामग्री’ उत्पादनमा पूर्ण रूपमा स्वतन्त्र र  प्रतिबद्ध रहने अध्यक्ष प्रतीक इच्छुक शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

यसैबिच आजै सामुदायिक रेडियोको उपयोगिता विषयक अन्तरक्रिया तथा शुभकामना आदान प्रदान आयोजना गरी स्थापना दिवस मनाइने भएको छ । भर्चुअल माध्यामबाट आयोजना गरिएको कार्यक्रममा सङ्घ,प्रदेश, स्थानीय तहका जनप्रतिनिधि र सरोकारवालाको सहभागिता रहने छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top