ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा एकै दिन १ सय ९ कर्मचारी अनुपस्थित

  सल्यान खबर डेस्क २०७८ फाल्गुण ११ गते बुधबार १९:१७:४४ मा प्रकाशित

 फागुन ११,सल्यान 

सल्यानमा एकै दिन विभिन्न १७ कार्यालयका १ सय ९ कर्मचारी अनुपस्थित भएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय सल्यानले बुधवार गरेको छड्के निरीक्षणमा सल्यान सदरमुकाममा रहेका विभिन्न १७ सरकारी कार्यालयको छड्के निरीक्षणको क्रममा धेरै कर्मचारी अनुपस्थित भएको पाइएको हो । 

जिल्ला प्रशासन कार्यालय सल्यानका अनुसार सबैभन्दा धेरै सल्यान जिल्ला अस्पतालमा ३६, स्वास्थ्य सेवा कार्यालयमा १६, सामाजिक विकास कार्यालयमा ४, डिभिजन वन कार्यालयमा ५, कृषि विकास कार्यालयमा १३, प्रदेश लेखा इकाईमा २ कर्मचारी अनुपस्थित रहेका छन् । 

यस्तै  जिल्ला आयुर्वेद कार्यालयमा ९, खानेपानी, सिचाई तथा ऊर्जा विकास कार्यालयमा १२, जिल्ला हुलाक कार्यालयमा ३, कारागारमा २, मालपोत कार्यालयमा २, शिक्षा विकास तथा समन्वय इकाईमा २ र नापी कार्यालयमा ३ जना गरी एकै दिन १ सय ९ कर्मचारी अनुपस्थित भएको पाइएको जिल्ला प्रशासन कार्यालय सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी थमन खड्काले जानकारी दिए । 

बिदा वा काज स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहने कर्मचारीलाई अनुपस्थित रहनुको कारण खुलाई एक साता भित्र लिखित जवाफ पेस गर्न पत्राचार गरिएको उनको भनाई छ । सरकारी कार्यालयको सेवा चुस्तद्रुस्त नभएको जनगुनासो आउन थालेपछि छड्क निरीक्षण गरिएको कार्यालयले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top