होमपेज / समाज
फागुन ७, सल्यान
सरकारले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सल्यानमा ९ जना कैदीबन्दीको कैद सजाय माफी दिएको छ । मन्त्रिपरिषदको सिफारिसमा सरकारले सल्यानका नौ कैदीबन्दीको भुक्तान हुँन बाँकी कैद मिनाहा गरेको हो ।
बाँकी कैद मिनाहा पाउनेमा ६ पुरुष र ३ महिना रहेको कारागार सल्यानका प्रमुख बल बहादुर केसीले बताए । उनका अनुसार आजसम्म कम्तीमा ५० प्रतिशत कैद भुक्तान गरेका र असल चालचालन भएका ९ कैदीबन्दीको बाँकी कैद मिनाहा गरिएको छ । सवारी ज्यान, बहुविवाह, कर्तव्य ज्यान लगायतका मुद्धा खेपेकाहरु रहेको कार्यालयले जनाएको छ ।
फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा जेष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को दफा १२ बमोजिम कैद सजाय घटाइएको जनाइएको छ ।





.jpg)