होमपेज / समाज
फागुन ४,सल्यान
सल्यानको शारदा नगरपालिका – १ शान्तिनगरमा निर्माण गरिएको पक्की पुल सञ्चालनमा आएको छ । शारदा नगरपालिका – १ र १२ लाई जोड्ने पुलका बुधवार नगरप्रमुख सुरेश अधिकारीले उद्घाटन गरेका हुन । शारदा नगरपालिकाको भ्याट सहित ४ करोड ५५ लाखमा निर्माण सम्पन्न भएको हो ।
वि.स.२०७५ माघ २० सम्झौता भई २०७८ पुसमा निर्माण सम्पन्न सम्पन्न गरेको भएपनि सम्झौता गरेको दुई महिनापछि सम्पन्न भएको छ । जुद्ध एन्ड पूर्ण निर्माण सेवा दाङले पुल निर्माणको ठेक्का लिएको थियो ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र श्रीनगर र सदरमुकामबाट वडा न १२ लाई जोड्ने छोटो सडकमा पर्ने उक्त नदीमा पुल निर्माण गरिएको मेयर सुरेश अधिकारीले बताए । पुल निर्माण नगरपालिकाको गौरवको आयोजना भएको र निर्धारित समयमा नै सम्पन्न भएको उनको भनाई छ । जनताको माग र आवश्यकतालाई मध्यनजर गरी पुल निर्माण गरिएको उनले बताए ।
पुल सञ्चालनमा आएपछि स्थानीयवासी लाई आवतजावतका साथै दैनिक उपभोग्य वस्तु ढुवानीमा सहज हुने वडा न १२ का वडाध्यक्ष दीपक हमालले बताए । पुल नहुँदा वर्षातको समयमा आवतजावत गर्न गाह्रो हुनुका साथै दैनिक उपभोग्य वस्तु तथा निर्माण सामाग्री ढुवानीमा समस्या हुने गरेको थियो ।
कच्ची अवस्थामा सञ्चालन हुँदै आएका जिल्लाका अधिकांश सडक मोटरेबल पक्की पुल अभावमा वर्षात सुरु भए लगत्तै अवरुद्ध हुने गरेका छन् ।





.jpg)