होमपेज / समाज
फागुन २,सल्यान
सल्यानमा सुन्तलाका बोट सुक्न थालेपछि किसान चिन्तित हुन थालेका छन् । उपचार नै भएको सिट्रस ग्रिनिङ्ग रोगले सुन्तलाका बगैँचा खाली हुन थालेपछि किसान चिन्तित हुन थालेका हुन ।
आम्दानीको राम्रो स्रोतको रूपमा रहेका सुन्तलाका बोट नै धमाधम सुक्न थालेपछि किसानको व्यवसाय नै सङ्कटमा पर्न थालेको छ । सिट्रस ग्रिनिङ्ग रोग र रासायनिक मल तथा विषादीको प्रयोग गर्न नजान्दा सुन्तलाका बोट नै सुक्न थालेको बागचौर नगरपालिका – ८ का किसान भरतनाथ योगीले बताए ।
एक हजार भन्दा बढी सुन्तलाका बोट लगाएका योगीले रोगका कारण एक सय बढी बोट मरी सकेको बताए । उनले भने यो रोग छिटो फैलिने हुँदा उत्पादन लिन निकै समस्या हुन थालेको छ । विगतका वर्षहरूमा २७ लाखसम्म आम्दानी लिने गरेको भए पनि दुई वर्षयता ९÷१० लाख आम्दानी गर्न पनि गाह्रो भइरहेको छ ।
हाँगाबाट सक्दै जाने, जरा कुहिने, फल पनि राम्रो नहुने भएका कारण सुन्तला उत्पादन घट्न थालेको अर्का किसान प्रकाश डाँगीले बताए । जति उपचार गर्दा पनि रोग नियन्त्रणमा आउन नसकेको उनको भनाई छ ।
सिट्रस ग्रिनिङ्ग र सिट्रससिल्ला रोगका कारण बगैँचा खाली हुँदै आइरहेको कृषि विकास कार्यालय सल्यानका प्रमुख भरत बस्नेतले बताए । बगैँचामा रोगले आक्रमण गर्दा वर्षेनी सुन्तलाको उत्पादनमा समेत गिरावट आइरहेको उनले बताए । यो समस्या सल्यानको मात्र नभएर देशभर सुन्तलामा यस प्रकारको समस्या देखिएको कार्यालयले जनाएको छ ।
जिल्लामा नौ सय किसानले १ हजार ५ सय हेक्टर बढीमा व्यावसायिक सुन्तला खेती गर्दै आइरहेका छन् । रोगकै कारण गर्त वर्षको तुलनामा यो वर्ष झन्डै ३३ प्रतिशतले उत्पादन घटेको कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
गत वर्ष ७ हजार ४ सय ८३ मेटिकट्न उत्पादन भएकोमा यो वर्ष भने ६ हजार ८ सय ८५ मेटिकट्न मात्र सुन्तला उत्पादन भएको प्रमुख बस्नेतले बताए । जिल्लाका बागचौर, शारदा नगरपालिका, छत्रेश्वरी, सिद्ध कुमाख, कपुरकोट गाउँपालिका लगायतका स्थान सुन्तलाका पकेट क्षेत्र हुन ।





.jpg)