ट्रेण्डिङ

होमपेज / समाज

जैविक विषादी प्रयोगमा सल्यानका किसानको आकर्षण

  सल्यान खबर डेस्क २०७८ माघ २५ गते मंगलबार १५:१७:०६ मा प्रकाशित

माघ २५,सल्यान 

सल्यानमा रासायनिक मलले माटोको उर्वराशक्ति ह्रास गर्दै गएपछि किसानहरू जैविक मल तिर आकर्षित हुन थालेका छन् । गाउँघरमै पाइने वनस्पतिबाट खेतबारीमा लाग्ने रोग किरा मार्न सकिने भएकाले जिल्लाका धेरै गाउँमा जैविक मल बनाउन किसानहरूको आकर्षण बढेको हो ।

रासायनिक विषादीले सुरुका केही वर्षहरूमा उत्पादन बढाए पनि बिस्तारै माटोको उबर्रा शक्ति हराउने र माटोको अम्लीयपन बढ्न थालेपछि आफूहरू रासायनिक मल छोडेर घरायसी रूपमा बनेको जैविक झलमल र गोठे मललाई जोड दिइरहेको शारदा नगरपालिका –१५ स्यालघारीका देवेन्द्र हमालले बताए । चार रोपनीमा व्यावसायिक तरकारी खेती गर्दै आइरहेका हमाले रासायनिक मल एकै पटक छोड्दा उत्पादन घट्ने भएकाले रासायनिक र जैविक तथा गोठे मललाई बढाउँदै लगेको बताए । उनले भने ‘रासायनिक मललाई बिस्तारै घटाएर गोठे मल र जैविक मल बढाउँदै लगेको छु । यसले उत्पादनमा कमी पनि आएको छैन भने अर्को तिर माटोको पनि सुधार भइरहेको छ ।’ 

जैविक मल बनाउँदा कम खर्च लाग्ने र यसको प्रयोगबाट कुनै हानी नहुने भएपछि  जैविक मल प्रयोग गर्दै आएको कपुरकोट गाउँपालिका – ५ का होम बहादुर खड्काले बताए । जैविक विषादी बनाउन कम खर्च लाग्ने र प्रयोगबाट पनि कुनै हानी नहुने बुझेपछि गाउँका सबै किसानहरू जैविक विषादी तिर आकर्षित हुँदै आइरहेको उनको भनाई छ  ।

जैविक विषादी प्रयोग गर्दा केही वर्ष उत्पादन रासायनिक मल हालेको भन्दा कम भए पनि अहिले क्रमशः उत्पादनमा वृद्धि आउन थालेको रामपुर गाउँपालिका वडा न २ सिमलकुनाका किसान नारायण पंगालीले बताए ।

रासायनिक मलको अनधिकृत प्रयोगका कारण माटोको अम्लीयपना बढ्दै गई रहेको समयमा जैविक विषादी तथा मल प्रयोग गर्न किसानहरूलाई आग्रह गरिएको कृषि विकास कार्यालय सल्यानका अर्ग्यानिक मिसन अधिकृत प्रवीण आर्चायले बताए । रासायनिक मलको प्रयोग गर्दा उत्पादन पनि बिस्तारै घट्नुका साथै मानवीय स्वास्थ्यमा पनि असर गर्ने भएकाले हामीले जैविक विषादीको प्रयोगलाई विशेष जोड दिँदै आइरहेका छौ उनले भने । गाउँघरमै पाइने तीतेपाती, सिस्नो, असुरो, टिमुर, निम, खुर्सानी, बकाइनो लगायतका वनस्पतिबाट बनाइने भएकाले किसानहरूको आकर्षण पनि बढी रहेको बताए । 

सरकारी तथा विभिन्न सङ्घ संस्थाले तालिम प्रदान गरेको स्थानमा, बुढाबुढीको बाहुल्यता भएको स्थान र ग्रामीण क्षेत्रमा जैविक विषादी प्रयोग हुँदै आइरहेको आचार्यको भनाई छ । उनले भने ‘रासायनिक मलको भन्दा निकै कम मूल्य रहनु, जैविक विषादी हालिएका तरकारी तथा बालीको बजारीकरणमा समस्या नहुनु र स्वास्थ्यलाई समेत निकै लाभ पुग्ने भएपछि कृषक जैविक विषादीप्रति आकर्षित भएका छन् ।’ 

प्रतिक्रिया

सम्बन्धित खवर

Top