होमपेज / समाज
माघ २२,सल्यान
सल्यानमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको शारदा नगरपालिका र दार्मा गाउँपालिकामा भएका घएका घटनामा दुई जनाको मृत्यु भएको हो ।
जिल्लाको शारदा नगरपालिका– ८ मालडाँडा बस्ने ७३ वर्षीय तेज बहादुर कवँर मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । एक्लै बस्दै आएका ती बृद्ध गएको माघ १६ गते घरबाट निस्किएकोमा शनिवार बिहान मृत भेटिएको प्रहरी प्रवत्ता अर्जुन पौडेलले बताए ।
मृतक बृद्धका छोराहरुले माघ १९ गते कुंवर हराएको भन्ने थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । खोजी गर्ने क्रममा स्थानिय नयाँ सडक विस्तार गरेको ठाउँमा केहि भाग माटोले पुरिएको अवस्थामा शवफेला परेको उनको भनाई छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरी प्रवत्ता पौडेले बताए ।
यस्तै दार्मा गाउँपालिका – ३ डाँडागाउँमा रुखवाट लडेर एक जनाको ज्यान गएको छ । डाँडागाउँका ६८ वर्षका लबे खत्रीको रुखमा घाँस काट्दै गर्दा लडेर घाईते भएका थिए । शुक्रवार अपरान्ह गाउँमै खन्यूको रुखवाट लडेर घाईते भएका खत्रीको घरमा लिदै गर्दा बाटोमै मृत्यु भएको स्थानीय शिव शाहीले जानकारी दिए ।





.jpg)