होमपेज / समाज
माघ २१,सल्यान
सल्यानमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका – ७ लामसरा निवासी ४० वर्षीया रामकली कामीको मृत्यु भएको इलाका प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
बिहीबार बिहान आफ्नै घरको भान्सा कोठामा बसि रहेको अवस्थामा चट्याङ पर्दा कामीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
शुक्रबार बिहानमात्र चट्याङ लागेर मृत्यु भएको भनी स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर प्राप्त भएलगत्तै थप अनुसन्धानका लागि प्रहरी घटनास्थलमा गएको इलाका प्रहरी कार्यालय देवस्थल सल्यानका हवल्दार प्रेम केसीले जानकारी दिए ।





.jpg)